विराटनगर : कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँगको भेटघाट र अन्तरक्रियालाई तीव्रता दिएका छन् ।
मोरङको क्षेत्र नम्बर २(१) बाट निर्वाचित उप्रेतीले मंगलबार सुनवर्षी नगरपालिका वडा नम्बर ६ का स्थानीयहरुसँग भेटघाट गरेका हुन् ।
त्यसक्रममा स्थानीयहरुले उप्रेतीलाई गाउँमा आवश्यक पूर्वाधार निर्माणका लागि आग्रह गरेका थिए । मन्त्री उप्रेतीले निर्वाचनको समयमा जनताबीच गरिएका प्रतिवद्धता क्रमशः कार्यान्वयन हुने दाबी गरे ।
यस्तै उनले आजै सुनवर्षी ८ मा पुगेर पनि स्थानीयहरुसँग भेटघाट गरेका छन् ।
उनले शनिबार मात्रै रतुवामाई नगरपालिकामा केही वडाहरुमा पुगेर मतदाताहरुसँग अन्तरक्रिया गरेका थिए ।