Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रुद्र–गौरी, श्री–अम्बिका प्रतिष्ठानले वितरण गर्यो विद्यार्थीलाई न्यानो कपडा



भद्रपुर । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुरले कनकाई माविमा अध्ययनरत आधारभूत तहका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
प्रतिष्ठानले आइतबार कनकाई–३ स्थित कनकाई माविमा कक्षा–१ देखि ८ कक्षासम्म अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । कार्यक्रममा ५० जना विद्यार्थीलाई जुत्ता, मोजा र स्वीटर वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिए ।
यसअघि प्रतिष्ठानले झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाका दुई वटा विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री एवम् न्यानो कपडा वितरण गरिसकेको प्रतिष्ठानका कोषाध्यक्ष यज्ञराज ओलीले जानकारी दिए ।
शिक्षा र सामाजिक क्षेत्रमा धेरै योगदान दिनुभएका रुद्र ओलीको पदचापलाई पछ्याउँँदै सामाजिक कार्य गर्ने उद्देश्यले २०६७ सालमा स्थापना गरिएको प्रतिष्ठानमार्फत् एक करोड रुपैयाँको कोष खडा गरेर वार्षिक रुपमा सामाजिक काम गरिँदै आएको प्रतिष्ठानका सचिव नारायण ओलीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार