राष्ट्रपति रामचन्द्र पौडेललाई विराटनगर विमानस्थलमा स्वागत गर्दै प्रदेश सांसद भीम पराजुलीलगायत
विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेल आज विराटनगर आइपुगेका छन् ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आयोजना गर्ने प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलालाई सम्बोधन गर्न उनी विराटनगर आइपुगेका हुन् ।
नेपाल उद्योग परिसंघले उद्योगी, सञ्चारकर्मी र स्वतन्त्र सेनानीलाई सम्मान गर्ने कार्यक्रममा सहभागी हुन उनी विराटनगर आइपुगेका हुन् । परिसंघले कोशी प्रदेशको दोस्रो पदस्थापना समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट उद्योगी, सञ्चारकर्मी र स्वतन्त्र सेनानीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ।
जहदा रोड स्थित सिटी प्यालेस होटल एण्ड रिसोर्टमा कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष पवन सारडाको पदस्थापनासगैं सम्मान गर्ने कार्यक्रम छ । प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको आन्दोलनमा अग्रेणी भूमिका निर्वाह गरेका २३ जना स्वतन्त्र सेनानीहरुलाई परिसंघले सम्मान गर्दैछ । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँगै कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की लगायत विशिष्ट व्यक्तिहरू अतिथिको रुपमा सहभागिता जनाउने छन् ।
राष्ट्रपति पौडेल परिसंघको कार्यक्रममा सहभागी बनेर आजै दिउँसो काठमाडौँ फर्कने सचिवालयले जनाएको छ ।