Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मन्त्री फेर्छु, काम देखाउँछुः प्रधानमन्त्री प्रचण्ड



विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरू फेरेर भएपनि देखिनेगरी काम गर्ने बताएका छन् ।
मोरङको मिक्लाजुङ ५ मा शुक्रबार माओवादी केन्द्रले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले प्रतिबद्धता अनुसार काम नभए मन्त्री फेरेर भएपनि कामलाई गति दिने बताए । उनले आफ्नो कार्यकाल १ वर्ष पुगेको अवसरमा पुस १० गते विशेष सम्बोधन गर्ने र त्यसपछि नयाँ प्रक्रियाबाट जनताका काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले लाभाखोला बृहत् खानेपानी योजना सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै चुलाचुली, मिक्लाजुङ, लेटाङ सडक योजना अगाडि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । उनले उर्लाबारी, मधुमल्ला र दारेगौंडा सडक निर्माणको अधुरो योजनालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
मोरङको पथरी शनिश्चरेको सुकुमबासीको समस्या समाधानमा पहल गर्ने, किसानले बिक्री गरेको दूधको मूल्य दुग्ध विकास संस्थालाई सहुलियत ऋण उपलब्ध गराउने पनि उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार