Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

दीगो शहर निर्माणका लागि बृहत्तर सहकार्य सहकार्य आवश्यक: मेयर कोइराला



विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले शहरी पूर्वाधार विकास, वातावरण  संरक्षण, विपद् व्यवस्थापन तथा आर्थिक सामाजिक विकासका लागि बृहत्तर सहकार्य आवश्यक रहेको बताएका छन् ।
बिराटनगर महानगरपालीका क्षेत्रको भू–उपयोगको अवस्था तथा दीगो शहरका सुचक तथा मापदण्ड सम्वन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख कोइरालाले सो धारणा व्यक्त गरेका हुन् । आर्थिक सामाजिक विकासका लागि तथ्यमा आधारित योजना आवश्यक पर्ने र भू–उपयोग योजना निर्माण, भूमिको बर्गीकरण र उपयोग सम्वन्धी मापदण्ड निर्माण र प्रभावकारी कार्यान्वयनले मात्र दीगो शहरका मापदण्ड पूरा गर्न सक्ने अवस्थामा महानगरपालिकालाई पु¥याउन सकिने उनले बताए ।
कार्यक्रममा भू–उपयोगको सैद्धान्तिक अवधारणा र ऐतिहाँसीक पृष्ठभूमिबारे कार्यपत्र प्रस्तुत गर्दै शहरी नियोजक एवं कम्युनिटी इन्गेजमेन्ट्स् एण्ड आउटरिचका निर्देशक जयजीव हाडाले भू–उपयोग योजना भूमिको अव्यवस्थित उपयोग रोक्न र स्थानीय तहको दिर्घकालीन सोच तथा लक्ष्य अनुरुप भमिको प्रयोग हुने कुराको सुनिश्चिताका लागि भूमिको बर्गीकरण, बर्गीकरण अनुसार सम्वन्न्धीत प्रयोजनामा भूमिको उपयोग गर्ने सम्वन्धी कानुन तथा मापदण्ड निर्माण र कार्यान्वयन तथा भवन निर्माण अनुमती प्रणालीलाई एकीकृत रुपमा अघि बढाउन सकेमा मात्र भ–उपयोग योजना निर्माणको औचित्य पुष्टिहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार