Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राउतले दुई अर्ब ५० करोडको लगानीमा अस्पताल बनाउने



विराटनगर : नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष एवम् वरिष्ठ उद्योगी राजेन्द्र राउतले विराटनगरमा सुविधासम्पन्न अस्पताल संचालनमा ल्याउने भएका छन् ।

उनले २०० बेडको अस्पताल सञ्चालनमा ल्याउन लागेका हुन् । बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले अस्पताल बन्ने बताए ।

विराटनगर र बुढिगङ्गा सिमानामा रहेको राउत कन्ट्रक्सनको परिसरमै अस्पताल निर्माण हुने छ । १६ कठ्ठा जमिनमा अस्पतालको संरचना निर्माण हुनेछ ।

दुई अर्ब ५० करोड रुपैयाँको लगानीमा बन्ने अस्पताल २६ महिनाभित्र निर्माण हुनेछ ।

पूर्व क्षेत्रको सबैभन्दा राम्रो र उत्कृष्ट अस्पताल बन्न लागेको राउतले बताए । उनका अनुसार अस्पतालले कोशी प्रदेशभर सेवा सुविधा दिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार