Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पाँचथरमा एमाले अध्यक्ष ओलीलाई स्वागत, हजारौंको उपस्थिति



फिदिम : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँचथरको सदरमुकाम फिदिममा भव्य स्वागत गरिएको छ ।

एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा ओलीलाई फिदिममा स्वागत गरिएको हो ।

यो एमालेको अन्तिम आमसभा हो । यस कार्यक्रममा हजारौंको संख्यामा मानिसहरूको उपस्थिति रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार