फिदिम : नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मध्य पहाडलाई विकसित बनाउनका लागि आर्थिक करिडोरको विषयमा ध्यान दिनुपर्ने बताए ।
एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा तेह्रथुमको आठराईमा रहेका गुरुङले मध्य पहाड आर्थिकरुपले समस्याग्रस्त रहेको बताए ।
लोकमार्ग यात्राको अनुभव सुनाउँदै गुरुङले मध्य पहाडमा पूर्वाधारको विकाससँगै आर्थिक विकासका लागि सरकारले नीति निर्माण गर्नुपर्ने बताए ।
विशेषगरी त्यस क्षेत्रमा कृषि आधुनिकीकरणमा ध्यान दिनुपर्ने उनको भनाइ छ । यात्राकोले सामाजिक र सांस्कृतिक हिसाबले देश एकतामय भएको सन्देश दिएको उनलेे बताए ।
काठमाडौंमा हल्ला चलेजस्तो राजतन्त्र र नयाँ दलहरुप्रति कुनै क्रेज नदेखिएको गुरुङले बताए । यात्राले एमालेमाथि लगाइएका आरोपको खण्डन गरेको उनलेे बताए ।