विराटनगर : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) खोटाङ जिल्ला कमिटीको अध्यक्षमा बिष्णु उपरकोटी निर्वाचित भएका छन् ।
शुक्रबार सम्पन्न जिल्ला कमिटीको २४ औ जिल्ला निर्वाचित भएका छन् भने सचिवमा अभिषेक घिमिरे निर्वाचित भएका छन् ।
अधिवेशनबाट उपरकोटी सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् ।
यसैगरी सहसचिवमा ईश्वर आचार्य, प्रकाश पौडेल र उर्मिला राई तथा कोषाध्यक्षमा राम्बोहाङ राई निर्वाचित भएका छन् ।
अधिवेशनले ३९ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।