Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

संकल्प यात्राले जनतासंग एमालेको सम्बन्ध निकट बनाएको छ – ज्ञवाली



विराटनगर। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मध्यपहाडी संकल्प यात्राले जनतासँग एमालेको सम्बन्ध असाध्यै निकट बनाएकाे बताएका छन्  नु ।
समृद्धि संकल्प यात्रा १६ औं दिनमा आइपुग्दा एमाले कमजोर बन्दै गइरहेको छ भन्ने भ्रम चिरेको उनकाे दाबी छ । यात्राका क्रममा देश विकास र सम्बृद्धिका लागि एमाले बाहेक अर्को शक्ति छैन भन्ने जनताबाट दर्विलो बिश्वास पाएको बताए । यो अभियानले नयाँ उर्जा प्रदान गरेको, मनोबल र आत्मविश्वास माथि उठेको नेता ज्ञवालीको भनाइ छ । चुनाव नआउदा पनि एमालेका नेताहरु घर घर आइपुग्नुभयो भनेर जनता उत्साहित बनेको उनले बताए ।
उपमहासचिव ज्ञवालीका अनुसार संकल्प यात्राको १५ दिनमा २९ वटा ठूलासभा र सय बढि जनभेला सम्पन्न भएका छन । राती ११ बजेसम्म पनि जनताले फूलमाला लिएर स्वागत गरेर उत्साहित बनाएको नेता ज्ञवालीले बताए ।
करिव ८ लाख जनतासँग प्रत्यक्ष भेटघाट र १० लाखसँग प्रत्यक्ष अप्रत्यक्ष संवांद भएको र अभियान सकिदा २५ लाख जनतासँग प्रत्यक्ष परोक्ष संवांद हुने उन जानकारी दिए ।
अभियानका क्रममा जनता परिवर्तन, गणतन्त्र र एमालेको पक्षमा छन भन्ने देखिएको बताउँदै उपमहासचिव ज्ञवालीले भने ‘देश र अन्य राजनीतिक शक्तिहरुलाई पनि जनतामा जानुपर्छ भन्ने ठूलो सन्देश दिएको छ’।
युवा केन्द्रित कार्यक्रम नल्याए गाँउ युवा बिहिन बन्ने चुनौती देखिएको उममहासचिव ज्ञवालीको अनुभूती छ । उनले भने ‘बसाई सराई रोक्न के गर्न सकिन्छ भन्ने बारेमा जनताका सुझाव ग्रहण गर्ने काम भएको छ । अयिभानका क्रममा ज्ञापन पत्र मार्फत जनताका हजारौ सरोकारका विषय प्राप्त गरिएको छ ।’
पूर्वी क्षेत्रमा केहि सिमित ब्यक्तिहरुले पहिचानका नाममा वर्षौदेखि मिलेर बसेको समाजमा तिक्तता फैलाउन खोजेको पाइएको बताउनुभयो । ‘धर्म, सँस्कृति, भाषा, भूगोल तोडने हैनन जोडने कुराहरु हुन् उनले प्रष्ट पारे । ।

प्रतिक्रिया
सम्बन्धित समाचार