भोजपुर : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार ८४ सम्म नटिक्ने दाबी गरेका छन् ।
बिहीबार भोजपुरको पौवादुङमा गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारका कारण जनताले दुख पाएको बताए ।
सरकारको कामबाट सत्तारुढ नेपाली कांग्रेस पनि आजित भइसकेको ओलीको भनाइ छ ।
सरकार कुहिएको फल जस्तो भएको ओलीले बताए । उनले भने, ‘सरकारको काम गतिलो छैन । जनताले दुख पाइरहेका छन्। कांग्रेस पनि आजित भइसकेको छ । सरकार कुहिएको फल जस्तो भएको छ।’
अहिले जनतालाई भेदभाव र पक्षपात नगर्ने सरकारको आवश्यकता रहेको उनले बताए ।
एमाले सरकारमा हुँदा असाधारण विकास भएको उनको दाबी छ ।