काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस कम्युनिष्ट पार्टीहरूसँग गठबन्धन गर्न नहुने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित रीता शाहीद्वारा लिखित गजल संग्रह ‘चिनारी’को लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले गठबन्धन गर्दा लोकतान्त्रिक पार्टीहरूसँगै गठबन्धन गर्नुपर्ने बताए । उनले कम्युनिष्ट पार्टीहरूसँग कांग्रेसले गठबन्धन गर्दै जाने हो भने अस्तित्व नै समाप्त हुने बताए ।
कोइरालाले देश परिवर्तन गर्नु छ भने कांग्रेसलाई परिवर्तन गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले गठबन्धन पनि निर्वाचन पछि गर्ने की अगाडि गर्ने भन्नेकुरामा सोच्न जरुरी रहेको बताउनु भयो ।
अहिले मानिसहरू लोकरिझ्याइँमा बढी केन्द्रित हुने गरेको पनि उनले बताए ।