Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

देउवाको गृहजिल्ला पुगेर ओलीले भने: ‘यो सरकार आफैँ ढल्छ, ढाल्नुपर्दैन’



काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसैले ढाल्न नपर्ने बताएका छन् । मध्यपहाडी लोकमार्ग यात्रामा रहेका ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला पुगेर सरकार केही समयपछि आफै ढल्ने अभिव्यक्ति दिएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले भने, “यो सरकार आफैँ ढल्न पनि सक्छ कुनै समय । यो गठबन्धनको छेस्काले अड्याएको सरकार हो । यसको कुनै सिद्धान्त, नीति, योजना र कार्यक्रम छैन ।”

त्यसअघि उनले भने- ‘हामीले अहिले मिसन ८४ भनिरहेका छौँ । यहीबीचमा यो सरकार कसैले ढाल्नुपर्दैन, हल्लिराखेको छ । तर, हामी पूर्वदेखि पश्चिमसम्मको तीन हप्ताको अभियानमा लागेका छौँ ।’

ओलीले नेपाली कांग्रेस प्रचण्डपथको भरिया बनेको टिप्पणी पनि गरे । “आफ्नै मान्छेलाई मुद्दा लगाएर थुनिदिएको छ । तैपनि कांग्रेस प्रचण्डपथको भरिया बनेको छ । हो वा होइन, अदालतले भन्ला,” उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार