Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमालेको ‘मध्यपहाडी अभियान’ आजदेखि, झुलाघाट पुगे एमाले नेता



काठमाडौँ : नेकपा (एमाले)ले आज बिहीबारदेखि ‘मध्यपहाडी लोकमार्ग अभियान’ सुरु गर्दैछ। बिहान ८ः३० बजे बैतडीको झुलाघाटबाट अभियानको उद्घाटन हुँदैछ।

पार्टी अध्यक्ष केपी शर्मा ओली बुधबार नै झुलाघाट पुगिसकेका छन्। उनले अभियानको उद्घाटन गर्ने एमालेले जनाएको छ। एमालेका अन्य नेताहरु पनि झुलाघाट पुगिसकेका छन्।

एक हजार ८७९ किलोमिटर लामो लोकमार्गको यात्रा तीन हप्तासम्म चल्ने छ। आज पहिलो दिनको सभा बैतडीको गोठालापानीमा गर्ने तय भएको छ।

दोस्रो दिनको सभा सिलगढी, तेस्रो दिनको सभा मंगलसेनमा हुने एमालेले जनाएको छ। अभियान पाँचथरको चिवाभज्याङमा समापन हुनेछ।

एमाले पुस २ गते काठमाडौं फर्कनेछ भने पुस ५ गते यात्रा सकिएको घोषणा गर्ने तयारी गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार