विराटनगर : नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) खोटाङ जिल्ला कमिटीको अध्यक्षमा धनकुमारी श्रेष्ठ सर्वसम्मत चयन भएकी छन् ।
बुधबार सम्पन्न जिल्ला कमिटीको सातौँ जिल्ला सम्मेलनले श्रेष्ठको नेतृत्वमा नयाँ कमिटी चयन गरेको हो ।
सम्मेलनबाट कमिटीको उपाध्यक्षमा रेजिना आचार्य र कल्पना केसी तथा सचिवमा चन्द्रकला भुजेल चयन भएकी छन् । यस्तै सहसचिवमा राजकुमारी राई र कोषाध्यक्षमा कौशिला गुरुङ चयन भएकी छन् ।
सम्मेलनले ४६ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।
अनेमसंघ केन्द्रीय महासचिव पेम्बा लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एमाले नेतृ उषाकला राई, केन्द्रीय सदस्य रमेश पौडेल, अनेमसंघ कोशी प्रदेश अध्यक्ष तथा कोशी प्रदेशसभा सदस्य सिर्जना राई लगायतको उपस्थिति रहेको थियो ।