Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

भोजपुरकी उपप्रमुख शेर्पाद्वारा २९ जना विद्यार्थीलाई पोसाक सहयोग



विराटनगर : भोजपुरको भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले २९ जना विद्यार्थीलाई पोसाक सहयोग गरेकी छन् ।

उनले आफूले बैठक भत्ताबापत प्राप्त रकमबाट २९ जना बालबालिकालाई विद्यालय पोसाक प्रदान गरेकी हुन् ।

जिल्लाको पश्चिमी भेग गुप्तेश्वरमा रहेको कालिका प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई पोसाक वितरण गर्दै उपप्रमुख शेर्पाले त्यहाँका शिक्षकशिक्षिका, विद्यालयको अक्षय कोषका दाता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवीलाई सम्मान गरेकी थिइन् ।

बालबालिकालाई नियमितरूपमा विद्यालय जान प्रेरित गर्न तथा विद्यालयको श्रीवृद्धिमा योगदान गरेकाहरूको कदरस्वरूप सम्मान गरेको उपप्रमुख शेर्पाले बताइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार