Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उर्लाबारी आगलागीः आईसीयूमा उपचाररत थप एकको मृत्यु



विराटनगर : मोरङको उर्लाबारी आगलागी घटनाका अर्का एक घाइतेको मृत्यु भएको छ ।

उर्लाबारी नगरपालिका वडा नम्बर ७ का ६८ वर्षीय रुकुम बहादुर कार्कीको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

काठमाडौँको कीर्तिपुर वर्न अस्पतालमा उपचाररत कार्कीको शरीरको करिब ४० प्रतिशत भाग जलेको थियो ।

योसँगै उक्त घटनामा परी ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।

गत मंगलबार बिहान उपचारको क्रममा उर्लाबारीका ४३ वर्षीय तपन पण्डित मृत्यु भएको थियो । उनको शरीरको ६० प्रतिशत भागमा जलन भएको थियो । त्यस्तै, उर्लाबारीकै ५० वर्षीय हेमकुमार दाहालको पनि बिहीबार बिहान मृत्यु भएको थियो । उनको शरीरको ५० प्रतिशत भाग जलेको थियो । अर्का घाइते ५० वर्षीय कुमार तामाङको पनि बिहीबार बिहान मृत्यु भएको थियो । तामाङको शरीरको ६५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।

गत कार्तिक २६ गते मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चारजना प्रहरीसहित २७ जना घाइते भएका थिए ।

अस्पतालका अनुसार आईसीयूमा उपचाररत अझै केही बिरामीको अवस्था गम्भीर छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार