Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रंगेलीले मकै खेती र बाख्रा पालनका लागि पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्ने



विराटनगर : मोरङको रंगेली नगरपालिकाले रंगेलीे मकै खेती र बाख्रा पालनका लागि पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै उक्त कार्यक्रम सञ्चालन गर्नका लागि किसानहरुसँग आवेदन माग गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना २०७९/८० बाट मकै पकेट विकास कार्यक्रम र बाख्रा पकेट कार्यक्रम सञ्चालन गर्न किसानसँग आवेदन माग गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार वडा नम्बर ४, ५ र ६ मा मकै पकेट विकास कार्यक्रम तथा वडा नम्बर १, २, ३, ८ र ९ मा बाख्रा पकेट कार्यक्रम सञ्चालन हुनेछ ।

इच्छुक कृषक समूह तथा फार्मले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार