Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

जसपाका पूर्वसांसद रौनियारसहित सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश



विराटनगर : जनता समाजवादी पार्टी (जसपा) का पूर्वसांसद तथा निर्माण व्यवसायी हरिनारायण रौनियारसहित सयौं नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

मंगलबार पर्साको पोखरियामा आयोजित एक कार्यक्रममा उनीहरू एमाले प्रवेश गरेका हुन् । उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए ।

पूर्वसांसद रौनियारसहित नेपाल सुशासन पार्टीकि केन्द्रीय सदस्य विना देवी पनि एमाले प्रवेश गरेकी छिन् ।

रौनियार २०७४ को निर्वाचनमा पर्सा ३ बाट सांसद निर्वाचित भएका थिए । उनी पप्पु कन्ट्रक्सनका पूर्वसञ्चालकसमेत हुन् । पछिल्लो २ वर्षमा पर्सामा विभिन्न दलका प्रभावशाली नेताहरू एमाले प्रवेश गरेसँगै त्यहाँका करिब एक तिहाइ स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभामा एमालेले बलियो उपस्थिति जनाएको छ ।

रौनियारको नेतृत्वमा जसपाका अन्य केही कार्यकर्ताहरु पनि एमालेमा प्रवेश गरेका छन् ‌। साथै नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य विना देवी र उनका समर्थकहरु पनि एमाले प्रवेश गरेका छन् ।

जसपा अध्यक्ष यादव एकलौटी निर्णय गर्न लागेको र आफूलाई दुःख दिन थालेपछि सो पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको रौनियारले बताए । उनले एमाले अध्यक्ष ओलीबाटै देशको विकास र समृद्धि सम्भव रहेको पनि जिकिर गरे ।

रौनियार २०७४ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । रौनियार पप्पु कन्ट्रक्सनका पूर्व मालिक हुन् । कन्ट्रक्सनका कारण उनी सांसद पदबाट निलम्बित भएका थिए ‌।

कार्यक्रममा एमाले केन्द्रीय सचिव योगेश भट्टराई, रघुवीर महासेठ, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, ज्वाला साह, अच्युत मैनाली र केन्द्रीय सदस्यहरु अरविन्द सिंह, राजकुमार गुप्ता लगायतको उपस्थित थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार