Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेकपा एसका पूर्वसांसद गोपाल बम एमालेमा फर्किए



काठमाडौं : नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पूर्वसांसद गोपाल बम एमालेमा फर्किएका छन् ।

बमलाई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा स्वागत गरेका हुन् ।

२०७४ मा मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका बम एमाले विभाजनताका माधव नेपाल पक्षमा लागेका थिए ।

एमाले विभाजनमा सनाखत गर्ने माधव नेपालका २३ सांसदमध्ये उनी पनि एक थिए ।

बमले आफूसहित कार्यकर्ता प्रवेशका लागि कर्णालीमा चाँडै अध्यक्ष ओलीको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम राखिने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार