Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले मोरङले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न



विराटनगर : नेकपा एमाले मोरङले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार विराटनगरस्थित पार्टी कार्यालयमा नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेल प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।

यसअघि कार्यक्ममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहने भनेर प्रचार गरेपनि ओली अन्तिम समयमा उपस्थित भएनन् । एमाले मोरङका अनुसार उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उनी अनुपस्थित भएका हुन् ।

यस्तै कार्यक्रममा एमाले सचिव तथा प्रदेश इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य गुरु बराल, हिक्मत कार्की, डा. शिवमाया तुम्बाहाम्फेलगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न राजनीति दलका नेता कार्यकर्ताको समेत उल्लेख्य सहभागीता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार