Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमालेले मंसिर १४ गतेदेखि मध्यपहाडी विशेष अभियान सुरु गर्ने



काठमाडौं : नेकपा एमालेले मंसिर १४ गतेदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

बुधबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले यही मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको थालनी गर्ने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएर अभियानको थालनी गर्नेछन् ।

मध्यपहाडी लोकमार्ग पदयात्रामा परिचालनको निर्णय गर्न आगामी मंसिर ६ गते काठमाडौंमा केन्द्रीय कमिटीको छैटौं बैठक डाकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार