Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीमा एमालेले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता नलिने, प्रतिपक्षको बेन्चमा बस्ने



विराटनगर : नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ । सोमबार बसेको संसदीय दलको बैठकले सरकारबाट बाहिरिएपनि समर्थन कायम राख्ने निर्णय गरेको एमाले सांसद मिना श्रेष्ठले जानकारी दिइन् ।

श्रेष्ठका अनुसार आजदेखि एमाले प्रतिपक्षको बेन्चमा बस्नेछ ।

शुक्रबार मुख्यमन्त्री केदार कार्कीले एमालेको सहमति विपरीत नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जगेबुलाई मन्त्री बनाएपछि एमालेले सरकार छाडेको हो ।

मुख्यमन्त्रीले गठबन्धन दलबाट मन्त्री थप गरेपछि एमालेले आफ्नो मन्त्रीलाई फिर्ता बाृेलाएको थियो । कार्की नेतृत्वको सरकारमा एमालेबाट राम बहादुर राना सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार