Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाईमा तरुण दलका सभापतिसहित ३५ जना माओवादीमा प्रवेश



रतुवामाई : मोरङको रतुवामाई नगरपालिकामा नेपाली कांग्रेस परित्याग गरी ३५ जना युवा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

शनिबार नेपाली कांग्रेसनिकट नेपाल तरुण दल रतुवामाई- १ का वडा सभापति दीपक आचार्यको नेतृत्वमा ३५ जना युवा माओवादी प्रवेश गरेका हुन् ।

उनीहरुलाई माओवादी प्रदेश कमिटी सदस्य तथा रतुवामाई नगर इन्चार्ज सुमन कालिकोटेले पार्टीमा स्वागत गरेका हुन् ।

कार्यक्रममा माओवादी रतुवामाईका अध्यक्ष प्रकाश शाह र वडा नम्बर-१ का वडा अध्यक्ष घनश्याम गिरीको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार