विराटनगर : नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको सरकारमा नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीलाई सहभागी गराए आफ्नो दलले सरकार छाड्ने बताए ।
एमालेको सहयोगमा मुख्यमन्त्री बनेका कांग्रेसका केदार कार्कीले गठबन्धन दलका शीर्ष नेताहरुको दबाबमा कोशी सरकारमा माओवादी र एसबाट एक / एक जनलाई मन्त्री बनाउन लागेपछि कार्कीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
पूर्वेली प्रेससँग कार्कीले भने, यो गठबन्धन दुर्गन्धित छ । कोशीमा पनि मुख्यमन्त्रीले त्यही गठबन्धनलाई सरकारमा सामेल गराएर हामी त्यहाँ बस्दैनौँ ।
उनले मुख्यमन्त्री कार्कीले आफूहरूसँग यस विषयमा कुनै परामर्श नगरेको समेत बताए ।
यस्तै एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले पनि मुख्यमन्त्रीले एमालेको सहमति विपरीत सरकार विस्तार गरे आफूहरू नयाँ ढङ्गले अघि बढ्ने बताए ।