विराटनगर : कोशी प्रदेशसभाको बैठक आगामी कार्तिक २० गतेका लागि बोलाइएको छ ।
गत कार्तिक १ गते अर्को सूचना नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक २० गते सोमबार बस्ने भएको हो ।
प्रदेशसभा सचिवालयले सूचना टाँस गर्दै बैठकबारे जानकारी गराएको हो । प्रदेशसभाको बैठकको कार्यसूचीको विषय भने उल्लेख गरिएको छैन ।