विराटनगर : नेकपा एमाले मोरङ जिल्ला कमिटीले आगामी कार्तिक २५ गते नेपालीहरुको महान चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
विजया दशमी, शुभ दीपावली, छठ पर्व लगायतका महत्त्वपूर्ण चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कार्यक्रमका लागि जिल्ला कमिटी उपाध्यक्ष बाबुराम कार्कीको संयोजकत्वमा समिति बनाएको छ ।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति रहने एमाले मोरङका अध्यक्ष ऋषिकेेश पोखरेलले जानकारी दिए ।
कार्यक्रममा जिल्लाका १७ वटै पालिकाबाट ५ हजारभन्दा बढीको सहभागिता रहने जनाइएको छ ।