Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले मोरङले पालिका स्तरमा प्रशिक्षण तालिम सञ्चालन गर्ने



विराटनगर : नेकपा एमाले मोरङ जिल्ला कमिटीले पालिका स्तरमा प्रशिक्षण तालिम सञ्चालन गर्ने भएको छ ।

असोज ३० गते विराटनगरमा बसेको जिल्ला कमिटीको नवौँ पूर्ण बैठकले जिल्लाका १७ वटै पालिकामा प्रशिक्षण तालिम सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए ।

प्रशिक्षण तालिम सञ्चालन गर्नका लागि हरेक पालिकामा ३-३ जना प्रशिक्षक खटाइने भएको छ । प्रशिक्षकहरूले कार्यकर्ताहरूलाई एमालेबारे पढाउनेछन् ।

पोखरेलका अनुसार पहिलो चरणमा ‘वर्तमान अवस्थामा राष्ट्रिय राजनीति र एमालेको कार्यदिशा’ विषयक प्रशिक्षण सञ्चालन गर्ने र त्यसपछि पालिका स्तरमा पढाउन सक्ने गरी प्रशिक्षक निर्माण गर्ने तालिम सञ्चालन हुने छ ।

एमाले महासचिव शङ्कर पोखरेल वा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीको उपस्थितिमा प्रशिक्षण आयोजना गर्ने अध्यक्ष पोखरेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार