Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीका मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत



विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् ।

उनलाई ८६ सांसदले विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री नियुक्त भएको पाँचौ दिनमा उनले विश्वासको मत पाएका छन् ।

प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले प्रस्तावको पक्षमा ८६र विपक्षमा ५ मत खसेको प्रदेशसभामा जानकारी गराएकी थिएन् ।

९३ सदस्यीय कोशी प्रदेशसभामा १ जना अनुस्थित थिए ।

कार्कीलाई प्रदेश सभामा प्रतिनिधित्व गर्ने ६ मध्ये ५ दलले विश्वासको मत दिएका हुन् । उनलाई कांग्रेससहित नेकपा एमाले, माओवादी, नेकपा एस र जसपाले विश्वासको मत दिएका हुन् ।

उनी गत शनिबार नेकपा एमाले र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रदेशसभामा ६ जना सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विपक्षमा मतदान गरेको छ । अब कोशी प्रदेश सभामा राप्रपा मात्र प्रतिपक्षी दलको रुपमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार