विराटनगर : कोशी प्रदेशसभाको बैठक आगामी कात्तिक १ गते बस्ने भएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले बुधवार दिनको ११ बजेका लागि बैठक बोलाएका हुन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएपछि असोज २० गते अनिश्चितकाका लागि बैठक स्थगित गरिएको थियो ।
नेकपा एमालेको समर्थनमा कांग्रेसभित्र विद्रोह गर्दै डा. शेखर कोइराला समूहका नेता केदार कार्की शनिवार प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । आइतबार पदभार ग्रहण गरेका कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बुधवार कोशी प्रदेशसभा बैठक बोलाइएको छ ।
मुख्यमन्त्री कार्कीले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराइसकेका छन् ।