Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

४७ सांसदले गरे केदार कार्कीको पक्षमा सनाखत



विराटनगर: नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका ४७ सांसदहरुले सनाखत गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा पुगेर काङ्ग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यले केदार कार्कीलाई मुख्यमन्धी बनाउन सनाखत गरेका हुन् ।

सुरुमा कांग्रेसका सांसदले सनाखत गरेका थिए । त्यसपछि एमालेका सांसदले लाइन लागेर सनाखत गरेका हुन् ।

प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्री घोषणा गरिसकेका छन् । यद्यपि आधिकारीक पत्र भने आएको छैन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार