Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सनाखतका लागि प्रदेश प्रमुखको कार्यालयमा कार्की पक्षका सांसद



विराटनगर : नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरु सनाखतका लागि प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

केदार कार्कीको पक्षमा सनाखत गराउन कांग्रेसका ८ र एमालेका ३९ सांसदको अहिले प्रदेश प्रमुखको कार्यालयमा बसिरहेका छन् ।

उनीहरु बिहान ८ बजेबाट नै भेला भएका हुन् । त्यहाँ अहिले उनीहरुसँगै कांग्रेसका डा. शेखर कोइराला समूहका नेता डा. सुनिल शर्मालगायत एमालेका प्रदेश स्तरका नेताहरु पनि उपस्थित भएका छन् ।

प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुङले सांसदहरुको सनाखत गर्नका लागि बिहान ८ बजेदेखि २ बजेसम्मको समय तोकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार