Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

शेर र सपुतले लिक छोड्ने आँट गर्छ : कार्की



विराटनगर : नेकपा एमालेसँग मिलेर कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका कांग्रेसका सांसद केदार कार्कीले शेर र सपुतले मात्र लिक छाड्ने आँट गर्न सक्ने बताएका छन् ।

कार्कीले शनिबार बिहानै फेसबुकमा लेख्दै आफूले हिम्मत गरेर प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको सन्देश दिएका छन् । केन्द्रीय गठबन्धनले कोशीमा माओवादीलाई मुख्यमन्त्री दिने सहमति गरेपछि कार्कीले विद्रोह गरेका हुन् । उनलाई कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थन छ ।

उनले लेखेका छन् ‘लिक लिक गाडी चले, लिकही चले कपुत, लिक छोडी तीनो चले सायर, शेर, सपुत ’ ।

प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुङले सांसदहरुको सनाखत गर्ने तयारी गरेका छन् । हस्ताक्षरको सनाखत बिहान ८ बजेदेखि २ बजेसम्म हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार