Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कार्कीलाई मुख्यमन्त्री बनाउन ४७ सांसद प्रदेश प्रमुखको कार्यालयमा श-शरीर उपस्थित



विराटनगर : नेपाली कांग्रेसका सांसद केदार कार्कीलाई आफूहरुको समर्थन रहेको भन्दै प्रदेशसभाका ४७ सांसद शशरीर प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका छन् ।

मुख्यमन्त्रीमा कार्कीलाई नियुक्तका लागि दबाब दिन प्रदेश प्रमुखको कार्यालय पुगेका एमाले र कांग्रेसका विद्रोही सांसदहरुले शशरीर उपस्थित भएको निवेदन दिएका हुन् ।

एमालेका ३९ र कांग्रेसको कोइराला समूहका ८ सांसदले निवेशन पेस गरेका हुन् ।

उनीहरुले परिचय पत्रसमेत पेस गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार