Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कांग्रेसमा संसदीय दलको नेता फेर्ने तयारी



विराटनगर : कोशी प्रदेशमा सरकार गठनको विवाद चर्किदै गर्दा नेपाली कांग्रेसभित्र संसदीय दलको नेतासमेत फेर्न तयारी सुरु भएको छ ।

कांग्रेसका सांसद केदार कार्कीले ८ जना सांसदसहित विद्रोह गरेपछि यसअघि संसदीय दलका नेता उद्धव थापालाई सहयोग गरेकाहरु पनि कार्कीको समूहमा जाने तयारी गरेपछि कांग्रेसभित्र ठूलै भूइँचालो जाने अवस्था सिर्जना भएको छ ।

८ जना सांसदबाहेक अर पाँच जना सांसद केदार कार्कीको समूहमा आउन तयार भएपछि दलको नेतासमेत फेर्ने तयारी विद्रोही समूहको छ ।

दलका उपनेता हिमाल कार्कीले राजीनामा दिएपछि यो सम्भावनालाई झन् बलियो बनाएको छ । प्रदेशसभा गठन भएपछि भएको नेपाली कांग्रेसको संसदीय दलको चुनावमा कृष्णप्रसाद सिटौला समूहका थापा देउवाको समर्थनमा दलको नेतामा निर्वाचित भएका थिए ।

सो चुनावमा केदार कार्कीले ९ मत र अमृत अर्यालले २ मत ल्याएका थिए । संसदीय दलमा कांग्रेसका २९ सांसद छन् । विद्रोह गरेका एक जना सांसदले भने, ‘अब हामी संसदीय दलको नेतासमेत फेरेर अगाडि बड्न सक्छौँ ।’

उपनेताबाट राजीनामा दिएका हिमाल कार्कीले दलको नेता परिवर्तन हुन सक्ने सम्भावना रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार