Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीमा तटस्थ बस्ने राप्रपाको निर्णय



विराटनगर : कोशी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ बस्ने भएको छ । शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले प्रदेशको मुख्यमन्त्रीमा कसैको पक्ष नलिने निर्णय गरेको हो ।

राप्रपाका प्रवत्ता मोहन श्रेष्ठका अनुसार कसैलाई समर्थन गर्न आवश्यक नदेखिएकाले यस्तो निर्णय लिइएको हो ।

प्रदेशको मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले दाबी पेस गरेका छन् ।

प्रदेशमा राप्रपाका ६ सांसद छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार