Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

यी हुन् केदार कार्कीलाई साथ दिने कांग्रेसका ९ सांसद



विराटनगर : नेकपा एमालेका ३९ र नेपाली कांग्रेसका ९ सांसदको हस्ताक्षरसहित केदार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

डा. शेखर कोइराला समूहका कार्कीलाई मुख्यमन्त्री बनाउन पार्टी केन्द्रको निर्णय विपरीत ९ सांसदले साथ दिएका छन् । उनीहरु सबै कोइराला समूहका सांसद हुन् ।

कांग्रेसले माओवादीका इन्द्र आङवोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि उनीहरु त्यसको विरोधमा उत्रिएका हुन् । कार्कीलाई मुख्यमन्त्री बनाउन उदयपुरका रामकुमार खत्री, इलामका शमशेर राई र गोविन्द गिरी, धनकुटाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङ र उदयपुरकै लीलाकुमारी राईले हस्ताक्षर गरेका छन् ।

कोइराला समूहका भनिएका मोरङका गयानन्द मण्डलले भने अन्तिम समयमा हस्ताक्षर गर्न नमानेको बताइएको छ ।

तर, अन्तिम समयमा संसदीय दलका उपनेतासमेत रहेका देउवा पक्षधर हिमाल कार्कीले हस्ताक्षर गरे । उनी उदयपुरका हुन् । उनले उपनेताबाट आजै राजीनामा दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार