Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका आङ्बो र कांग्रेसका कार्कीको दाबी पेस



विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्रीमा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र कांग्रेसका विद्रोही पक्षधर केदार कार्कीले दाबी पेस गरेका छन् ।

दुवै जनाले बिहीबार प्रदेश प्रमुखसमक्ष ४७ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । आङ्बोले दलका नेताहरुको हस्ताक्षर गराएका छन् भने कार्कीले ४७ सांसदको हस्ताक्षर लिएर दाबी पेस गरेका हुन् ।

केन्द्रीय गठबन्धनले कोशीमा माओवादीलाई मुख्यमन्त्री दिने निर्णय गरेपछि असन्तुष्ट बनेका डा. शेकर कोइराला निकट कार्कीले एमालेको सहयोगमा दाबी पेस गरेका हुन् । कार्कीलाई कांग्रेसका ८ जना प्रदेशसभा सदस्यले पनि दिएका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउन नसकेपछि शनिबार पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबारसम्म नयाँ सरकार गठनका लागि समय दिएका थिए । तर, त्यसको एकदिन अघि नै दुई जनाले दाबी पेस गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीका रूपमा कसलाई मान्यता दिन्छ भन्ने यकिन छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार