Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले मधेसको अधिवेशन आजबाट, अध्यक्षमा को-को छन् आकांक्षी ?



विराटनगर : नेकपा एमाले मधेस प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदैछ। नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए।

उनले एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको जानकारी दिए।

अधिवेशनले एमालेको दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने छ। एमालेको मधेश प्रदेशको नेतृत्वमा आउन पाँचजना नेताले रुचि देखाएका छन्।

मधेशमा सर्वसम्मत नेतृत्व चयन गर्न एमाले सचिव योगेश भट्टराईले जोड गरिरहेका छन्। पार्टीको मधेश इन्चार्जसमेत रहेका उनी माथिदेखि तलसम्म पार्टी संगठन एक रहेको सन्देश दिने कोसिसमा छन्।

एमाले मधेशको अध्यक्षमा सप्तरीका सुमन प्याकुरेल र बाराका पुरुषोत्तम पौडेलको नाम चर्चा छ। नयाँलाई नेतृत्व विकास गर्नुपर्छ भन्ने पक्षमा धनुषाका राजकिशोर यादव र सर्लाहीका रेवती पन्त छन्।

यादवले धनुषा जिल्ला कमिटीमा दुई पटकसम्म अध्यक्ष भएर काम गरिसकेका छन्। एमाले नेता विचारी यादवले पनि नेतृत्वमा दाबी गर्दै आएका छन्।

इन्चार्ज भट्टराई पनि विचारी वा राजकिशोर मध्येबाट एकजनाको पक्षमा सर्वसम्मत गराउने प्रयासमा लागेका एमालेका एक नेताले जानकारी दिए।

तर, अधिवेशन सकिएका र चलिरहेका प्रदेशको अवस्था हेर्दा एमालेले मधेश प्रदेशको नेतृत्व पनि सर्वसम्मत चयन गर्ने सम्भावना कम देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार