Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

‘सूर्योदय नगरपालिकाको इच्छा, छोरी बुहारीको शिक्षा’



विराटनगर : इलामको सूर्योदय नगरपालिकाले नगरभित्रका महिलाहरुलाई स्नातक तहसम्मको शिक्षा निःशुल्क प्रदान गर्ने भएको छ । महिलाहरुलाई शिक्षित बनाउनका लागि नगरपालिकाले निःशुल्क शिक्षा प्रदान गरेको हो ।

यसका लागि नगरपालिकाले ‘सूर्योदय नगरपालिकाको इच्छा, छोरी बुहारीको शिक्षा’ कार्यक्रम सञ्चालन गरिरहेको छ । नगरपालिकाका अनुसार अध्ययन गर्न चाहने छोरी, बुहारीलाई स्नातक तहमा निःशुल्क शिक्षा प्रदान गरिनेछ ।

नगरपालिकाले महिलाहरुको लागि शैक्षिक लाइसेन्स तयारी कक्षा र लोक सेवा तयारी कक्षा समेत सञ्चालन गरेको छ ।

नगरपालिकाको महिला विकास शाखाबाट सञ्चालन भएको यो कार्यक्रमका लागि नगरले आर्थिक वर्ष २०८०\८१ मा ९१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यस्तै महिलाहरुको क्षमता विकासको लागि नगरपालिकाले कृषि विकास तथा नेतृत्व विकासका तालिमहरु पनि सञ्चालन गर्ने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार