विराटनगर : मोरङको उर्लाबारी बहुमुखी क्याम्पसलाई उर्लाबारी नगरपालिकाले नयाँ बस सहयोग गरेको छ । नगरप्रमुख गंगा खरेलले आइतबरा क्याक्पसलाई बस हस्तान्तरण गरेका हुन् ।
नगरपालिकामा रहेका एकमात्रै सामुदायिक क्याम्पसलाई बस हस्तान्तरण गर्दै प्रमुख खरेलले शिक्षा क्षेत्रलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताउँदै भौतिक पूर्वाधार र यातायातको व्यवस्थापनले विद्यार्थीहरुको शैक्षिक स्तर बढ्न सक्ने अपेक्षा राखेको बताए ।
खरेलले उपप्रमुख मीना खतिवडा पौडेल, प्रशासकीय अधिकृत मुरारी घिमिरे, जिन्सी शाखा प्रमुख नगेन्द्र तिम्सिना, क्याम्पसका संचालक समिति अध्यक्ष पुष्पलाल ढकाल, क्याम्पस प्रमुख खेमराज कार्की लगायतको उपस्थितिमा बस हस्तान्तरण गरेका हुन् ।
उक्त बस ३३ लाख रुपैयाँमा खरिद गरिएको हो ।