Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीका मुख्यमन्त्री कार्कीले दिए राजीनामा



विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजनीनामा दिएका छन् ।

मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज विश्वासको मत लिने कार्यसूची रहेको थियो । तर, आफ्नो पक्षमा बहुमत नपुगने अवस्था देखेपछि कार्कीले राजीनामा दिएका हुन् ।

शनिबारको प्रदेशसभा बैठकमा बोल्दै कार्कीले राजीनामाको घोषणा गरेका हुन् ।

उनले केही बेरममा नै प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाउने जानकारी दिए ।

संविधानको धारा १६८ को ३ अन्तरगतको व्यवस्था अनुरुप संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा कार्की भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

कार्कीले आफ्नो पक्षमा बहुमत नभएपछि विश्वासको मत लिने प्रस्ताव फिर्ता लिएपछि कोशी प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार