Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उद्योग बाणिज्य महासंघ कोशीले थाल्यो संस्थागत सवलीकरण



विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशले जिल्ला नगर र वस्तुगत संघहरुको क्षमता अभिबृद्धि र संस्थागत सवलिकरणको काम थालेको छ ।
महासंघले बिहीबारदेखि विराटनगरमा दुईदिने कार्यशाला मार्फत संघहरुका पदाधिकारी, सदस्य र सचिवालयका कर्मचारीहरुलाई सहभागी गराएर क्षमता अभिबृद्धि र संस्थागत सवलिकरणको काम सुरु गरको हो ।
महासंघका अध्यक्ष राजेन्द्र राउतले बिषम् परिस्थितिका कारण हुन नसकेको नगर, जिल्ला र वस्तुगत संघहरुसँगको सम्बन्धलाई आगामी दिनमा सुमधुर बनाउँदै लैजान र संघका पदाधिकारी तथा सदस्यहरुको नेतृत्व क्षमता विकास गर्न कार्याशाला महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले कार्यशालाबाट संघको सचिवालयको कार्यक्षेत्र अझ बलियो हुने र महासंघको मर्म अनुसार संघहरु अघि बढ्न मद्दत पुग्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य अविनाश बोहराले सदस्य संस्थाको नेतृत्व विकासका लागि दुई दिने कार्यशाला महत्वपूर्ण हुने बताए ।
नेपाल शहरी तथा क्षेत्रीय अध्ययन प्रतिष्ठान (नियर्स) र द एशिया फाउण्डेशनको सहयोगमा आयोजित कार्यशालामा बोल्दै नियर्सका अध्यक्ष डा.जगदीशचन्द्र पोखरेलले आर्थिक क्षेत्रका महत्वपूर्ण पक्षहरुको संस्थागत विकासका लागि कार्यशाला महत्वपूर्ण अवसर भएको बताए ।
कार्यशालामा कोशी प्रदेशका १४ वटै जिल्लाका ३८ वटा जिल्ला नगर उद्योग बाणिज्य संघ मध्ये ३६ वटा संघका अध्यक्ष, प्रतिनिधि र कार्यालय सचिवहरु, एंव विभिन्न वस्तुगत संघका अध्यक्ष एंव प्रतिनिधिहरुको सहभागीता रहेको छ । सहभागीहरुले महासंघका सदस्यहरुको संख्या घट्दै गएको र उद्योगी व्यापारी क्षेत्रमा निसारा बढ्दै गएकोको बेलामा यस्ता कार्यशालाहरुले उत्प्रेरित बनाउन मद्दत पुग्ने अपेक्षा लिएको बताएका छन् । दुई दिने कार्यशालाको समापन शुक्रबार हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार