विराटनगर : नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले देशको हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक भएको भएको बताए छन् ।
कांग्रेस ताप्लेजुङ प्रदेश क्षेत्र (क) को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै रिजालले देशको ऐतिहासिक परिवर्तनमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बताए ।
कांग्रेसले उक्त भूमिकालाई कायम गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ । आगामी दिनमा पनि कांग्रेस परिवर्तनको पक्षमा उभिने उनले बताए ।
राजनीतिक स्थायित्व कायम गर्दै मुलुकलाई समृद्धितर्फ अघि बढाउन पार्टीको महत्वलाई जोड दिँदै रिजालले विभिन्न विषयलाई लिएर कतिपय नेता कार्यकर्तामा देखिएका असन्तुष्टि र समस्यालाई छलफल र संवादमार्फत नै अन्त्य गरेर अघि बढ्नुपर्ने बताए ।