विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन भएपनि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
कोशी प्रदेशका नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहणमा बोल्दै प्रदेशमा मध्यावधि भएपनि तयार रहनुपर्ने उनले बताए ।
उनले भने, ‘अब ४० सिट होइन ५५ सिट ल्याउने गरी लाग्नुपर्छ ।’
‘नयाँ दलको डरले कतिपयमा वनको बाघले खाओस् कि नखाओस् मनको बाघले खाइरहेको छ’ उनले भने, ‘२/४ जना केटाकेटी आएर उप्रिएर त्यति छिट्टै अगाडि बढ्न गाह्रो छ । त्यो तारा होइन जुन पनि झारिदिन्छु भन्ने गीत जस्तो लोभ्याएर केही हुनेवाला छैन् । त्यसैले अब मध्यावधिका लागि कुनै गठबन्धन र अरुसँग डराउनु हुँदैन ।’
उनले कोशी प्रदेशमा प्रदेश प्रमुख पार्टीको कारिन्दा र सभामुखले मनपरी गरेका कारण पटकपटक संविधान मिचिएको बताए ।