Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले कोशी अधिवेशनः हेर्नुहोस् मतगणनाको अन्तिम नजिता



विराटनगर : नेकपा एमाले कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

पदाधिकारी र केही सदस्यको मतगणना सम्पन्न भएको २४ घण्टापछि बाँकी सदस्यहरुको मतगणना सम्पन्न भएको हो ।

एमालेको प्रथम कोशी प्रदेश अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ जना प्रदेश कमिटीको सदस्यमा निर्वाचित भएका छन् ।

९९७ जना प्रतिनिधि रहेको कोशी अधिवेशनमा ९७७ जनाले मतदान गरेका थिए । मतदानमा २० जना अनुपस्थित रहेका थिए ।

अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । उपाध्यक्षमा टिका चेम्जोङ, सचिवमा राजकुमार भण्डारी र दुई उपसचिवमा देवान राई र जलवर्षा राजवंशी निर्वाचित भएका छन् ।

हेर्नुहोस् निर्वाचितको नामावली :

मत गणनाको सम्पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया
सम्बन्धित समाचार