Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले कोशी : अध्यक्षमा घनश्याम खतिवडा र सचिवमा भण्डारीको अग्रता 



क्रशमः अध्यक्ष पदका उम्मेद्वार विनोद ढकाल र घनश्याम खतिवडा

विराटनगर : नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडाले अग्रता लिएका छन् ।

२८२ मत गणना गर्दा खतिवडा १८ मतले अगाडि छन् । पछिल्लो मत परिणामअनुसार खतिवडाले १४९ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी विनोद ढकालले १३१  मत ल्याएका छन् ।

यस्तै सचिवमा खतिवडा प्यानलका राजकुमार भण्डारीले अग्रता लिएका छन् । भण्डारीले १६१ मत ल्याउँदा श‌ैलेश लामाले १११ मत ल्याएका छन् ।

यस्तै उपसचिवमा देवान राईले १७५, जलवर्षा राजवंशीले १८२ र खेम नेपालीले ११८ मत ल्याएका छन् ।

९९७ जना प्रतिनिधि रहेको कोशीमा ९७७ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार