Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले कोशी प्रदेशको मतदान सकियो, २० जना अनुपस्थित



क्रशमः अध्यक्ष पदका उम्मेद्वार विनोद ढकाल र घनश्याम खतिवडा

विराटनगर : नेकपा एमाले कोशी प्रदेशको नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । आइतबार राति १० बजेबाट सुरु भएको मतदान आज बिहान सकिएको हो ।

निर्वाचन कमिटीले दिएको जानकारी अनुसार मतगणना कार्य आज अपराह्नबाट सुरू हुनेछ ।

निर्वाचन कमिटीका प्रमुख चुडामणि आचार्यका अनुसार कुल मतदाता ९९७ मध्ये ९७७ जनाले मतदान गरेको छन् । मतदान प्रक्रियामा २० जना अनुपस्थित भएका थिए ।

शुक्रबारदेखि विराटनगरमा जारी एमाले कोशीको प्रथम अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटी चयन गर्ने छ । तर, उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङसहित ७३ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन कमिटीले यसको औपचारिक घोषणाा गर्न बाँकी छ ।

७३ जना निर्विरोध भएपछि १४२ पदका लागि ३१८ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल प्रतिस्पर्धामा छन् । सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामा, उपसचिवमा खोटाङका देवान राई, झापाकी जलवर्षा राजवंशी र मोरङका खेम नेपाली प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार