विराटनगर : नेकपा एमाले कोशी प्रदेशको नेतृत्व चयन गर्नका लागि निर्धारित समयभन्दा ११ घण्टा ढिला गरी मतदान सुरु भएको छ ।
शुक्रबारदेखि सुरु भएको प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न आज बिहान ११ बजेको समय तोकिएको थियोे । तर, व्यवस्थापन नसकिएको भन्दै निर्वाचन कमिटीले १० बजेबाट निर्वाचन सुरु गरेको हो ।
निर्वाचन कमिटीले दिएको जानकारी अनुसार एकपटकमा ३७ जनाले मतदान गर्ने व्यवस्था गरिएको छ । मत खसाल्नका लागि सातवटा बाकस राखिएको छ ।
अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल चुनावी प्रतिस्पर्धामा छन् । उपाध्यक्षमा भने टीका चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् ।
सचिवमा शैलेस लामा र राजकुमार भण्डारी प्रतिस्पर्धामा छन् । उपसचिवमा खेम नेपाली, जलवर्षा राजवंशी र देवान राईको उम्मेदवारी छ ।