Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले कोशी सदस्यमा विदुर लिङ्थेपको उम्मेदवारी



विराटनगर : नेकपा एमाले कोशी प्रदेश कमिटीको सदस्यमा विदुर लिङ्थेपले उम्मेदवारी दर्ता गरेका छन् ।

उनले खुल्लाबाट प्रदेश सदस्यमा उम्मेदवारी दिएका हुन् ।

उनी कोशी प्रदेशसभा सदस्यसमेत हुन् । २०७९ मंसिरमा सम्पन्न निर्वाचनमा उनी संखुवासभाको प्रदेश (ख) बाट निर्वाचित भएका हुन् ।

प्रदेश राजधानी विराटनगरमा शुक्रबारदेखि जारी नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशनमा प्रदेश कमिटी अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दिएका छन् ।

सहमतिमा नेतृत्व चयनका लागि गरिएका प्रयास असफल भएपछि निर्वाचन कार्यक्रम सुरु भएसँगै दुई मोरङका दुई जनाले उम्मेद्वारी दिएका हुन् । जारी मनोनयन दर्तामा अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडाले उम्मेद्वारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार